जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • वित्तीय संस्था बिना नै अनलाइन कर्जा लिने/दिने व्यवस्था गर्दै राष्ट्र बैंक

वित्तीय संस्था बिना नै अनलाइन कर्जा लिने/दिने व्यवस्था गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सहभागिता विना कर्जा लिन/दिन सकिने अनलाइन प्लेटफर्मको व्यवस्था गर्ने भएको छ ।
केन्द्रीय बैंकले पहिलो चरणमा ’पियर टु पियर (पिटुपी) ल्यान्डिङ’ र ’क्राउड फण्डीङ’ को लागि प्रक्रिया अघि बढाउन आवश्यक अध्ययन सकेर छलफल अघि बढाएको हो ।

केन्द्रीय बैंकले वित्तीय मध्यस्थतामा लाग्ने खर्च कटौती गर्ने तथा प्रविधिमा आधारित विश्वको पछिल्लो अभ्यासलाई अनुसरण गर्न खोजेको हो । यसमा केन्द्रीय बैंकले पिटुपी र क्राउड फण्डीङ का लागि छुट्टै प्लेटफर्म तयार गर्नेछ ।

उक्त अनलाइन प्लेटफर्म मार्फत लगानी गर्न चाहने र लगानी लिन चाहने बिचको समझदारी भइ लेनदेन हुनेछ । यसरी हुने लेनदेन के कस्तो उद्देश्यका लागि गर्न सकिने भन्ने विषमा केन्द्रीय बैंकले तोक्नेछ । त्यसका साथै पिटुपी र क्राउड फण्डीङका मोडेलहरू समेत तय गरी बैंक तथा वित्तीय संस्थाको सहभागिता विना लगानी जुटाउने वैकल्पिक वित्तीय मध्यस्थता विकास गर्न खोजेको केन्द्रीय बैंकले जनाएको छ । उक्त प्लेटफर्म मार्फत इक्विटी लगानी, कर्जा तथा अनुदान संकलनको काम गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकको अध्ययन प्रतिवेदन अनुसार पिटुपी ल्यान्डिङ नेपालका लागि नयाँ हो । यस्तो प्लेटफर्म सञ्चालनका लागि प्रभावकारी नियमन तथा अनुगमन र बलियो सुपरीवेक्षणको आवश्यकता हुन्छ । नेपालको सन्दर्भमा उक्त अनलाइन प्लेटफर्मबाट कर्जा लिन चाहने व्यक्तिको सूचना पर्याप्त उपलब्ध नहुने हुँदा जोखिम हुन सक्ने केन्द्रीय बैंकको अध्ययनले देखाएको छ ।

यस्तो वित्तीय मध्यस्थता सञ्चालनका लागि नियमन ढाँचा तयार गर्नु पर्ने अध्ययनले औँल्याएको छ । साथै यस्तो खालको वित्तीय कारोबारमा ठगी, सम्पत्ति शुद्धीकरणको जोखिम पनि उत्तिकै हुने भएकाले नियामक चनाखो हुनुपर्ने हुन्छ । यसका लागि नियामकले लगानीकर्ताका लागि र ऋणीका लागि सीमा तोक्नुपर्ने हुन्छ भने पुँजी आवश्यकताको विषयमा निर्देशन दिनुपर्ने हुन्छ ।

365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका