जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • हुन्डाई एक्सटरको बुकिङ खुल्ला, मूल्य कति पर्छ ?

हुन्डाई एक्सटरको बुकिङ खुल्ला, मूल्य कति पर्छ ?

हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतिक्षित एसयूभी एक्सटर(SUV Exter)को बूकिङ आज(बिहीबार)दखि खुलाएको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो ।

हुण्डाई एक्सटर(Exter) ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी हो जुन हुण्डाई भेन्यूभन्दा अघि रहनेछ । आकर्षक बनोट र बिभिन्न फिचरले एक्सटरलाई एक बिशेष एसयूभी बनाएको छ ।

गत जुलाई महिनामा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयरको विजेता समेत बनिसकेको छ ।

एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ। यसको डीआरएल एच प्याटर्नमा राखिएको छ र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर लगायत अन्य प्रशस्त फिचर उपलब्ध छ।

१.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट–इन –सेग्मेन्ट’ फिचर दिइएको हो ।

हुन्डाईले एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ ।

यसैगरी यसमा शार्क–फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ र वायरलेस चार्जर लगायत अरु सेफ्टी, कन्भिनियन्ट र कम्फर्टका फिचरलाई बिशेष ध्यान दिएर बनाइएको छ । यसमा १८५ एमएमको उत्कृष्ट ग्राउण्ड क्लियरेन्स समेत रहेको छ, जसले गर्दा नेपालको बिभिन्न बाटोहरुमा सहज यात्रा गर्ने आत्मविश्वास दिलाउँछ।

हील एसिस्ट कन्ट्रोल र भेइकल स्ट्याविलीटी म्यानेजमेन्टजस्ता ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर्स पनि यसमा समावेश गरिएको छ। ६ कलर अप्सनमा आउने एक्सटर नेपालमा ई, एस र एसएक्स गरी तीन भेरियन्ट मा उपलब्ध हुनेछन् । जसको मूल्य क्रमशः ३४ लाख ९६ हजार, ४० लाख ९६ हजार र ४४ लाख ९६ हजार तोकिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुम तथा १९ सर्भिस सेन्टर र ४५ चार्जिङ पोइन्टहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?