जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीसहित उनका परिवारमाथि पनि अनुसन्धान गर्न अदालतको आदेश

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीसहित उनका परिवारमाथि पनि अनुसन्धान गर्न अदालतको आदेश

जिल्ला अदालत काठमाडौंले बाँसबारी छालाजुत्ता जग्गा प्रकरणमा अनुसन्धानका लागि तत्कालीन च्याम्यिन फुटवेयरका सेयरधनीलाई पनि अनुसन्धान गर्न आदेश दिएको छ । सोमबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले तत्कालीन च्याम्पियन फुटवेयरका सेयरधनीहरूमाथि अनुसन्धान गर्न आदेश दिएको हो ।

सुरुमा च्याम्पियन फुटवेर कम्पनीको सेयरधनीमा विनोद कुमार चौधरी, अरूण चौधरी, लुनकरणदास चौधरी, बसन्त कुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी थिए । तर, अहिले भने सो कम्पनी अरुण चौधरी र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा छ ।

उनीहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउन अदालतले आदेश दिएको हो । अरुण चौधरीले पनि आफू सेयरधनी भएपनि यसमा विनोद चौधरीको भूमिका रहेको बयान सरकारी वकिल कार्यालयसमक्ष दिएका छन् ।

यसअघि प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई सोमबार जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो । अदालतले पक्राउ परेका चौधरी, थापा र ठाकुरलाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न पनि आदेश दिएको हो ।

पक्राउ परेकाहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउनुपर्ने भएमा त्यस अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्ने र त्यसो नभएमा म्याद थप भएको दुई दिनभित्र बुझ्नुपर्ने बाँकी काम सक्ने र नसकिएमा अनुसन्धानमा सहयोग गर्ने कागज गराई हाजिर जमानीमा छाड्न आदेश दिइएको छ ।

महाराजगञ्जस्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सिजी चाँदबाग रेसिडेन्सी नामक निजी कम्पनीमा सारेको विषयमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले चौधरीसहित तीनै जनालाई १८ माघमा पक्राउ गरेको थियो ।

अदालतले यो जग्गा प्रकरणमा जोडिएका मालपोत कार्यालयकाक कर्मचारीको विवरण पनि अनुसन्धान गर्न आदेश दिएको हो ।

460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका