जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कृषि विकास बैंकद्वारा महिला फुटवल टिमलाई ६ लाख ७० हजार प्रदान

कृषि विकास बैंकद्वारा महिला फुटवल टिमलाई ६ लाख ७० हजार प्रदान

कृषि विकास बैंकले नेपाली महिला फुटवल टिमलाई ६ लाख ७० हजार रुपैयाँ प्रदान गरेको छ । West Asian Football Federation Women’s Championship 2024 प्रतियोगितामा नेपाली महिला फुटवल टिम उपविजेता हुन सफल भएकोमा उक्त रकम बैकले वितरण गरेको हो।

उक्त खेलमा सहभागी खेलाडी, प्रशिक्षक लगायत टिममा संलग्न सदस्यहरुलाई प्रोत्साहित गर्नको लागि अखिल नेपाल फुटवल संघ (एन्फा) मार्फत नगद पुरस्कार स्वरुप उक्त रकम बैंकले प्रदान गरेको जनाएको को छ । बैंकले विभिन्न शिर्षकमा सो रकम वितरण गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट सो रकम बिहीबार प्रदान गरेको जनाएको छ।

कुन शिर्षकमा कति वितरण:

  • खेलाडीहरु २३ जनालाई जनही रु.२५,०००/-
  • मुख्य प्रशिक्षकलाई रु.१५,०००/-
  • प्रशिक्षक ३ जनालाई जनही रु.१०,०००/-
  • टिम म्यानेजरलाई रु.१०,०००/-
  • फिजियोथेरापिस्टलाई रु.१०,०००।-
  • एन्फालाई रु.१०,०००/-
  • हेड अफ डेलिगेट्सलाई रु.१०,०००/-
  • अफिसियललाई रु.१०,०००/-

440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका