जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हिम पर्वत हाईड्रोपावरले सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल नियुक्त

हिम पर्वत हाईड्रोपावरले सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल नियुक्त

हिम पर्वत हाईड्रोपावरले ४२ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले आयोजना प्रभावितको लागि १४ लाख र सर्वसाधरणको लागि २८ लाख कित्ता सेयर जारी गर्ने भएको हो ।

हाईड्रोपावरले यसको लागि सिबिआईएल क्यापिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा हाइड्रोको तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सिबिआईएल क्यापिटलका तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका छन् ।

हिम पर्वत हाईड्रोपावरले दोलखा जिल्लामा २० मेगावटकाे सागुँ खोला जलविद्युत आयोजना र ५.५० मेगावाटको सागुँ खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

4050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका