जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ओरेन्टल सहकारीको २६ रोपनी ९ आना जग्गा २४ करोडमा एनआईसी एशिया बैंकले कब्जा गरेको खुलासा, सहकारी पीडितहरुको उठिबासः राष्ट्र बैंक बेखबर !

ओरेन्टल सहकारीको २६ रोपनी ९ आना जग्गा २४ करोडमा एनआईसी एशिया बैंकले कब्जा गरेको खुलासा, सहकारी पीडितहरुको उठिबासः राष्ट्र बैंक बेखबर !

एनआईसी एशिया बैंक लिमिटेडले ओरेन्टल को अपरेटिभ लिमिटेडका तत्कालीन अध्यक्ष सुधिर बस्नेत जेलमै भएका बेला २६ रोपनी ९ आना जग्गा जम्मा जम्मी २४ करोडमा हडपेको खुलेको छ भन्दा अब फरक पर्दैन । सहकारी पीडितहरुको अर्बौ रकम सुधिर बस्नेतले तिर्नुपर्ने बेलामा अर्बौको सम्पत्ती रातारात विशाल गु्रपको बैंक एनआईसी एशिया बैंकले हडपे पछि सहकारी पीडितको उठिबास लागेको छ भन्दा फरक पर्दैन । अहिले सुधिर बस्नेतलाई डिपोजिटकर्ताहरुको पैसा तिर्ने अनुमति राज्यले दिएको छ । तर, सम्पत्ती जति एनआईसी एशिया बैंकले झ्वाम पारेको देखिन्छ । भन्दा फरक पर्दैन । गभर्नर साब हेक्का होस् ।
सरकारले समस्याग्रस्त सहकारीकोरुपमा घोषणा गरेको ओरेन्टल सहकारी संस्थाको स्वामित्वमा रहेको अरबौंको जग्गा एनआईसी एसिया बैंकले कौडीको भाउमा हडपेको भेटिएको छ भन्दा फरक पर्दैन । राजधानीको धापासीहाइटमा रहेको २६ रोपनी ९ आना जग्गा एनआईसी एसिया बैंकले कब्जा गरेको देखिन्छ । साविकको धापासी गाविस वडा नम्बर २ र ३ रहेको उक्त जग्गा अहिलेको बजार भाउ अनुसार डेढ अर्बभन्दा बढी मुल्य पर्ने भएपनि एनआईसी एसिया बैंकले २४ करोडमै हत्याएको देखिन्छ । एनआइसी एसिया बैंकका सीइओ रोशनकुमार न्यौपाने अध्यक्ष तुलसीराम अग्रवालकै निर्देशनमै उक्त जग्गा कब्जा गरिएकोे खुलेको छ । गभर्नर साब हेक्का होस् ।

अहिले सुधिर बस्नेतलाई डिपोजिटकर्ताहरुको पैसा तिर्ने अनुमति राज्यले दिएको छ । तर, सम्पत्ती जति एनआईसी एशिया बैंकले झ्वाम पारेको देखिन्छ । सरकारले समस्याग्रस्त सहकारीकोरुपमा घोषणा गरेको ओरेन्टल सहकारी संस्थाको स्वामित्वमा रहेको अरबौंको जग्गा एनआईसी एसिया बैंकले कौडीको भाउमा हडपेको भेटिएको छ ।

हजारौं हजार सर्वसाधरणहरुको रकम डुबेको ओरेन्टल सहकारीको अरबौँको सम्पत्तिमा सो बैंकले आफ्नो मुख्य कार्यालय बनाउने योजनाका साथ रातारात जग्गाधनी जेलमै भएको बेला आफ्नो नाममा ल्याएको भेटिएको छ गभर्नर साब ।
ओरेन्टल सहकारीले उक्त जग्गामा भौतिक संरचना निर्माण गर्दै आएको थियो । करिब ३० करोड भन्दा बढी लगानी गरेर भौतिक संरचना निर्माण गर्दै गर्दा सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका थिए । भौतिक संरचना निर्माण गर्नका लागि २४ करोड ऋण दिएको एनआइसि एसियाले त्यति नै मुल्यमा उक्त जग्गाको बिए गरेपछि एक वर्षअघिदेखि नै ओरेन्टल पीडितहरु बैंक विरुद्ध आन्दोलन गर्दै आएका थिए । भन्दा फरक पर्दैन । सुधिर बस्नेत जेलमै रहेको मौका छोपी बैंकले उक्त जग्गाको लिलामी निकाली आफैले सकारेको देखिन्छ । गभर्नर साब हेक्का होस् ।

करिब ३० करोड भन्दा बढी लगानी गरेर भौतिक संरचना निर्माण गर्दै गर्दा सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका थिए । भौतिक संरचना निर्माण गर्नका लागि २४ करोड ऋण दिएको एनआइसि एसियाले त्यति नै मुल्यमा उक्त जग्गाको बिए गरेपछि एक वर्षअघिदेखि नै ओरेन्टल पीडितहरु बैंक विरुद्ध आन्दोलन गर्दै आएका थिए ।

एनआईसी एशिया बैंकले ओरेन्टल पीडितको रकममा किनिएको उक्त जग्गा कब्जा गरेर आफ्नो मुख्य कार्यालय बनाउन खोजेपछि सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समेत पत्राचार गरेको भेटिएको छ । उक्त जग्गाको बेचविखन र भोगचलन नगर्न भन्दै मिति २०७५ असोज १९ गते मालपोत कार्यालय टोखालाई पत्राचार समेत गरेको भेटिएको छ । ‘समस्याग्रस्त सहकारी ओरेन्टल को– अपरेटिभका तत्कालिन अध्यक्ष सुधीर बस्नेत सञ्चालक रहेको ओरेन्टल विल्डर्स डेभलपर्स प्रा.लीबाट सञ्चालित काठमाडौँ जिल्ला कामनपा ४ धुम्बाराही परियोजनामा निम्न जग्गाहरु एनआइसी एशिया बैंकमा धितो राखी कर्जा लिएकोमा उक्त बैंकले बैंकिङ सम्पत्तिका रुपमा राखेको तपशिलमा रहेका जग्गा र सोमा रहेको सम्पूर्ण भौतिक संरचना पछि छानबीन गर्दा ठहरेबमोजिम हुने गरी हाललाई यस समितिको स्विकृति बिना बेचबिखन, स्वामित्व हस्तान्तरण र दाखिल खारेज समेत हुन गर्न नपाउने गरी रोक्का राखी सोको जानकारी पठाईदिन समितिको ०७५।०६।१२ कोे निर्णय अनुसार अनुरोध गरिन्छ,’ भनिएको पत्र आर्थिक बजार न्यूजडटकमसंग सुरक्षित छ ।

समितिका अनुसार धापासी वडा नम्बर २ मा रहेका जग्गाका कित्ता नम्बर – ४१०–१५३–३५९–२०५–२०४– २०३–१५७–३६६–३६४–३६३÷६२÷६१ र १५२–१५०–१४९–४०, १९०, १५१,३२५,३२४ रहेको देखिन्छ । त्यस्तै धापासी गाविस वडा नम्बर ५ को कित्ता नम्बर ४१०÷४३,१७०,४०८,३६४,३४३÷४४÷४२÷४५–३३७–३४४–२७०, २१७, २१४, १९०, ४०३, २७२÷४५,१४०,१६९,१८९, २९४, ३७२÷७३, ४०२,४११,१६८, ४६, १८८ र २८४ का जग्गाहरु एनआइसि एसिया बैंकले कब्जा गरेको देखिन्छ । जनताका राम्रा धितो रातारात कब्जा गरेर सहकारी पीडीतहरुलाई उठिबास लगाउने एनआईसी एशिया बैंक देखि डिपोजिटकर्ता होसियार !
बैंकले जबरजस्ति गरेपछि समस्याग्रस्त सहकारी समितिले २०७५ पुस ४ गते पुन ताकेता गर्नु परेको देखिन्छ । गभर्नर साब हेक्का होस् ।

‘धापासी वडा नम्बर २ र ५ का जग्गाहरु हाल साविक भई नयाँ कित्ता कायम भईसकेको हुँदा कित्ता सबैको विवरण सहित यस कार्यालयको माथि उल्लेखित पत्र अनुसार सम्पूर्ण साविक कित्ताहरु, जग्गाहरु, के प्रक्रिया र कुन मितिमा हाल साविक भएका हुन् कित्ता नम्बर, सोको प्रमाणविक कागजात, उपलब्ध गराईदिन हुन र पत्र अनुसार रोक्का राखि यस कार्यालयलाई जानकारी गराईदिनु हुन अनुरोध छ,’ ताकेता पत्रमा भनिएको छ । यसअघि सुर्खेत घर भएका बरकत अलि साई र फातिमा साइको परिवारलाई एनआइसि एसिया बैंकले सुकुम्बासी बनाएको थियो । भन्दा फरक पर्दैन । भनिन्छ बैंकले राम्रा धितो लिलामी उठाउने बिशाल गु्रप भित्रकै व्यक्ति र परिवारलाई कौडीको मुल्यमा विक्री गरेको तथ्य प्रमाण हामीले फेला पारेका छौं । गर्भनर साब हेक्का होस् । यति सम्मकी एनआईसी एशिया बैंकका एक कर्मचारीको बुढानिलकण्ठ भंगालमा करिब ८÷९ रोपनी जग्गा रहेको कागज–पत्र हामीले फेला पारेका छौं । लिलामी सकार्दै आफ्ना कर्मचारीको नाममा राखेर विशाल समूहका केही व्यक्ति र परिवारलाई कैडीको मुल्यमा विक्री गरेको देखिन्छ । सचेत भया ।

2270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?