जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • वित्तीय सूचकमा अब्बल बन्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक, पाँचौं पटक पायो त्रिपल ए रेटिङ

वित्तीय सूचकमा अब्बल बन्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक, पाँचौं पटक पायो त्रिपल ए रेटिङ

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पाँचौं पटक त्रिपल ए रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई लगातार पाँचौं वर्ष पनि बैंकलाई ‘इक्राएनपी-आईआर त्रिपल ए’ को रेटिङ पुनः पुष्टि गरिदिएको हो ।

यो रेटिङले बैंकले समयमै वित्तीय दायित्वहरु पुरा गर्न सक्ने र कम्पनी उच्चतम स्तरको सुरक्षित रहेको बुझाउँछ ।

इक्रा नेपालले बैंकका विभिन्न वित्तीय सूचकलाई आधारमानेर उक्त उच्च स्तरको रेटिङ दिएको बताएको छ । जसमा बैंकको सीआरएआर, निष्कृय कर्जा (एनपीएल) लगायतका विभिन्न वित्तीय सूचकहरु छन् । हाल स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनपीएल १.६० प्रतिशत मात्रै छ । जुन अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा कम हो । हाल अन्य वाणिज्य बैंकहरुको औषत एनपीएल नै ३.६३ प्रतिशत रहेको छ ।

साथै, बैंकको वित्तीय अवस्था पनि अन्य बैंकको तुलनामा बलियो, सुरक्षित र वित्तीय सबलतामा अब्बल रहेको इक्रा नेपालको दावी छ ।

लगातार पाँच वर्षसम्म त्रिपल रेटिङको पुनः पुष्टि पाएसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले यसले बैंक तथा बैंकका सबै सरोकारवालाहरुप्रतिको प्रतिबद्धताको बलियो प्रमाणीकरण रहेको बताएका छन् ।

300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका