
प्रभु बैंक लिमिटेड र न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि.बीच विशेष छुट सम्झौता भएको छ ।
बिराटनगर–८, मोरङ्ग स्थित हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक सिटिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसियू, अर्थोप्याडिकसर्जरी, एमआरआई, प्रसुतितथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्ने भएको छ ।
उक्त सेवा प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ । एक समारोहका बिच न्यूरो हस्पिटलका संचालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छा चोक शाखा प्रमूख प्रशान्त कुमार झाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्घारा हस्पिटललाई भुक्तानी गर्नुपर्ने बताइएको छ ।
नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले निरन्तर स्तरिय न्यूरो कारडियो सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।
आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउदै आईरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि न्यूरो कारडियोमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैंकका ग्राहक तथा सेयरहोल्डरलाई एक हजार र बैंकका कर्मचारीहरुलाई एक हजार ५०० रुपैयाँसम्मको छुट व्यवस्था रहेको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार





































































