जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन लाइफको बोनस दर सार्वजनिक, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

सिटिजन लाइफको बोनस दर सार्वजनिक, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट मंसिर २६ गते स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार कम्पनीको अग्रमि भुक्तानी सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस पाउनेछन ।

यस्तै सावधिक जीवन बीमा योजनामो प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजजन शुभारम्भ योजना (सावधिक) बीमालेखमा न्युनतम ३५ रुपैयाँ देखि ७० रुपैयाँसम्म पाउनेछन् ।

वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्युनतम २५ रुपैयाँ देखि ३५ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेखमा न्युनतम ३६ रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

7195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका