जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकका सिइओ खनालले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रिय वाणिज्य बैंकका सिइओ खनालले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सिइओ खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट एक कार्यक्रमकाबीच शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

जेठ १० गते बसेको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम खनाललाई सिइओमा नियुक्ति गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ । नागरिक तथा सबै सरोकारवालाले पाउने हिस्सा वृद्धि हुने गरि काम गर्ने उनले बताए ।

चार्टड एकाउन्टेन्ट खनाल यसअघि बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृत रहेका थिए । २०६४ सालमा चार्टड एकाउन्टेन्टको रुपमा प्रवेश गरेका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा एलएलबी तहको अध्ययन पूरा गरेका छन् ।

3085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका