जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकले संघीय सांसदहरुका लागि संचालन गर्‍यो वित्तीय साक्षरता कक्षा

राष्ट्रिय वाणिज्य बैंकले संघीय सांसदहरुका लागि संचालन गर्‍यो वित्तीय साक्षरता कक्षा

राष्ट्रिय वाणिज्य बैंकले संघीय सांसदहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। बैंकले बुधबार उपसभामुख इन्दिरा रानाको उपस्थितिमा सांसदहरुका लागि लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसद सहभागी थिए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरन्जिवी नेपाल र नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहालले वित्तीय नीति, मौद्रिक नीति, व्यक्तिगत वित्तपोषण र बजेटिङ लगायत विषयमा जानकारी गराएका थिए। सांसदहरुले भने पैसाको महत्व, पैसाको उपयोग, ब्याजदर, बैंक, उत्पादन र रोजगारी बीचको सम्बन्ध लगायतका विषयमा जिज्ञासा राखेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

उपसभामुख रानाले वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएकी थिइन्।

2695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्