जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नेपाल फाइनान्सले हकप्रद निष्काशन गर्ने

नेपाल फाइनान्सले हकप्रद निष्काशन गर्ने

नेपाल फाइनान्स कम्पनी ले पूँजीवृद्धिका लागि उच्च मात्रामा हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
फाइनान्स कम्पनीले १२५ प्रतिशत हकप्रद निष्काशनको माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो ।
कम्पनी एक बराबर १.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि गत फागुन २९ गते निवेदन दिएको आवेदन दिएको बोर्डले जनाएको छ।
फाइनान्स कम्पनीले हकप्रद निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।
हाल २२ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्स कम्पनीको हकप्रद शेयर निष्काशन तथा बाँडफाँड पश्चात ३९ करोड ४ लाख रुपैयाँ पुग्नेछ ।

8335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्