जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आइएमई लाइफको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित 

आइएमई लाइफको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित 

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न भएको छ । 

शनिबार काठमाडौंमा आयोजित उक्त अवार्ड कार्यक्रममा कम्पनीका प्रमुख प्रबर्द्धक तथा आइएमई ग्रूपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य, कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईं तथा कम्पनीका ब्राण्ड एम्बासेडर दिपक राज गिरी र दिपाश्री निरौलालगायतको उपस्थितिमा विभिन्न जिल्लाबाट भेला भएका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुलाई सम्मानित गरिएको हो ।

उक्त समारोहमा आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट व्यवसाय गर्ने सात वटै प्रदेशका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको कम्पनीले बताएको छ ।कार्यक्रममा सहभागी अतिथिहरुले अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई अवार्ड प्रदान गरेका थिए । 

कार्यक्रममा कम्पनीका प्रदेश प्रमुखहरुलगायत देशैभरीका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको पनि सहभागिता थियो ।

3275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?