जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग

सिटिजन लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग

सिटिजन लाइफ इन्स्योरेन्सले सातौं वर्ष प्रवेश गरेको अवसरमा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बिहीबार आयोजित एक कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, सञ्चालक समिति सदस्यहरु तथा नायव प्रमुख कार्यकारी अधिकृत दशरथ मणी खड्काले संयुक्त रुपमा समता एजुकेसन फाउन्डेसनका निर्देशक दीपक सन्जेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यो सहयोगले समता एजुकेसनलाई छात्रवृती अशय कोष स्थापना गरी विद्यालय सञ्चालन गर्न थोरै भएपनि मद्दत हुने कम्पनीले बताएको छ ।

यसका साथै कम्पनीले वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा बीमा साक्षरता कार्यक्रम, र्‍याली, रक्तदान, सिपमुलक तालिम, शैक्षिक सामग्रीको अभाव भइ शिक्षाबाट वन्चित विद्यार्र्थीहरुको लागि शैक्षिक सामग्री वितरण तथा अनुदान, दृष्टिबाट वन्चित व्यक्तिहरुलाई सेतो छडि वितरण लगायतका कार्यक्रमहरु गरिरहेको बताएको छ ।

3785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका