जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • पठाओ दशैं महोत्सव- २०८१ शुरू, होण्डा साइन मोटरसाइकलका साथ १ % कमिसन अफर

पठाओ दशैं महोत्सव- २०८१ शुरू, होण्डा साइन मोटरसाइकलका साथ १ % कमिसन अफर

राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले पठाओ दशैं महोत्सव- २०८१ शुरू गरेको छ । महोत्सव असोज १७ गतेसम्म चल्ने कम्पनीको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् ।

महोत्सवमा पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोहरुले अधिक कमाई गर्न सक्ने कम्पनीले बताएको छ ।  दशैं महोत्सव काठमाडौं उपत्यकामा मात्रै सञ्चालनमाा ल्याइएको हो । पठाओले राइड सेयरिङ सुविधा अहिले नेपाल भर दिएको भए पनि यो महोत्सव काठमाडौं उपत्यकाका लागि मात्र भएको उनले बताइन् ।

साथै दैनिक एक प्रतिशत कमिसन अफरसमेत भएकाले यो महोत्सव चालकहरूका लागि थप कमाई गर्ने राम्रो अवसर भएको उनको भनाइ छ ।  दैनिक एक प्रतिशत कमिसन अफरमा चालकहरूले दैनिक राइड लिंदै जाँदा अफिसलाई तिर्नुपर्ने कमिसन घट्दै जाने र दैनिक एक प्रतिशतसम्म पुग्नेछ ।

लक्की ड्रमार्फत् धेरै राइड वा डेलिभरी गर्नेमध्ये तीन जना विजेता छनोट गरिने छ । विजेताले राम्रो रेन्ज भएको होण्डा साइन १२५ सीसी मोटरसाइकल उपहार पाउनेछन् ।

बम्पर उपहारको लक्की ड्रमा सहभागी हुनका लागि २१ दिन भित्र सबै राइडर, क्याप्टेन, पठाओ हिरो तथा पार्सल हिरोहरूले १७० भन्दा धेरै राइड या डेलिभरी, ७० प्रतिशत सीआर (कम्प्लेसन रेट) वा एसआर (सक्सेस रेट) पुरा गर्नुपर्नेछ । हालका लागि पठाओ राइडर बन्न इच्छुकहरूका लागि नि शुलक दर्ताको व्यवस्था रहेको पनि कम्पनीले बताएको छ । 

3160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका