जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब, दाबी भुक्तानी १२ अर्ब

स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब, दाबी भुक्तानी १२ अर्ब

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको स्वास्थ्य बीमा बोर्डले यो वर्ष हालसम्म १२ अर्ब रूपैयाँ सोधभर्ना(दाबी भुक्तानी) गरिसकेको छ। स्वास्थ्य सेवा प्रदायक संस्थालाइ सोधभर्ना गर्नुपर्ने वापतको रकमवापतको दायीत्व अझै बाँकी छ।

बोर्डमार्फत बीमा कार्यक्रममा सहभागि हुने बीमितबाट बोर्डले वार्षिक करिब २ अर्ब ५० करोड रूपैयाँ बीमाशुल्क संकलन गर्दै आएको छ। महत्वकांक्षी सामाजिक सुरक्षा कार्यक्रमका रूपमा सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रमका लागि सरकारले बोर्डलाई ७ अर्ब रूपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ। साढे १२ अर्ब रूपैयाँमध्ये बाँकी रकम कोषले कोषमा बचत रहेको रकमबाट भुक्तानी गरेको हो।

सरकारले उपलब्ध गराएको रकम सधैं अपुग हुने गरेको छ। बीमा कार्यक्रममा आबद्ध जनसंख्यामा उल्लेख्य वृद्धि हुन नसके पनि दाबी भुक्तानीवापतको दायीत्व वार्षिकरूपमा क्रमशः बढ्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैडेलले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सुविधा थैलीको सीमा ५ लाख रूपैयाँ पुर्याउने घोषणा गरेका छन्। पर्याप्त श्रोत र आधार बिना नै सस्तो लोकप्रियताका लागि घोषणा गरेको भन्दै पाैडेलको आलोचना भइरहेको छ। अहिले स्वास्थ्य बीमामा प्रति बीमित वार्षिक सुविधा थैलीको सीमा १ लाख रूपैयाँ मात्र छ।

२०७२ साल चैतदेखि लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जम्मा ९० लाख नागरिक आबद्ध छन् । उपचार सेवा लिन धेरै समय लाग्ने र पूर्ण सेवा नपाइने भएकाले बीमितको नविकरण दर कमजोर छ।

वार्षिक ३ हजार ५ सय रुपैयाँ बीमाशुल्कको भुक्तानीमा वार्षिक १ लाख रूपैयाँ बराबरको उपचार प्राप्त गर्छन् । यसका लागि प्रत्येक पटकको उपचार खर्चवापतको १० प्रतिशत रकम बीमितले पनि व्यहोर्नुपर्छ।

1940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?