जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • ८३ वटा हाइड्रोपावरले बेचे १४ अर्बको बिजुली

८३ वटा हाइड्रोपावरले बेचे १४ अर्बको बिजुली

तीन महिनामै जलविद्युत कम्पनीहरुले १४ अर्ब बढीको विद्युत बिक्री गरेका छन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९० वटा कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत साउनदेखि असोज मसान्तसम्ममा ती कम्पनीहरुले १४ अर्ब ५ करोड २३ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने १२.६८ प्रतिशत धेरै हो । गत आवको पहिलो तीन महिनामा पनि कम्पनीहरुले १२ अर्ब ४७ करोड ४ लाख रुपैयाँ बराबरको विद्युत बेचेका थिए ।

विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै कम्पनीहरुको नाफामा समेत उल्लेख्य सुधार आएको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीहरुको नाफा ३५ प्रतिशत बढेर ३ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा ४५ वटा कम्पनीहरुले विद्युत बिक्री आम्दानी बढाएका छन् । यता, ३० वटा कम्पनीको भने घटेको देखिन्छ भने यो वर्षको ९ वटा आयोजनाले विद्युत उत्पादन सुरु गरेका छन् । यस्तै, सात वटा कम्पनीहरु पनि अझै पनि निर्माणाधिन अवस्थामा रहेकाले विद्युत उत्पादन भएको छैन ।

समिक्षा अवधिमा अपर तामाकोशी एक्लैले झन्डै ३ अर्बको विद्युत बिक्री गरेको छ । तामाकोशीले तीन महिनामै २ अर्ब ९३ करोड ९ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । तर, यो गत आवको तुलनामा २१.१२ प्रतिशत कमी हो । तामाकोशीको बाँधस्थलमा गत असोज १२ गते आएको पहिरोले ठुलो क्षति पुर्याएको छ । संरचनाहरुमा क्षति पुर्याएपछि उत्पादन नै बन्द छ । त्यसकै प्रभावले आम्दानी घटेको हो ।

यस्तै, साहस उर्जाले पनि ८६ करोड ७१ लाख, ग्रीन भेन्चरको ५६ करोड ७८ लाख, सानिमा मिडल तमोरको ५५ करोड ७७ लाख रुपैयाँ बराबरको विद्युत बिक्री आम्दानी गरेको छ ।

पिपुल्स पावर, हिमाल दोलखा, अपर स्याङ्गे, छ्याङ्दी, नेशनल, भवगती, पञ्चकन्या माइ लगायतका कम्पनीहरुको घटेको छ । यता, अरुण काबेली, अपर हेवा खोला, साञ्जेन जलविद्युत, बरुण, शुभव पावर लगायतका कम्पनीहरुले पनि यो वर्षदेखि विद्युत बिक्री गर्न थालेका छन् ।

तर, भिजन लुम्बिनी, ग्रीन लाइफ, रसुवागढी, मध्यभोटेकोशी, मेन्छियाम, पाँचथर पावर र त्रिशुली जलविद्युत पनि भने अझै पनि विद्युत बिक्री आम्दानी गरेका छैनन् ।

120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?