जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मेगा र इनभेष्टमेन्ट बैंक बीच मर्जर सम्झौता आज

मेगा र इनभेष्टमेन्ट बैंक बीच मर्जर सम्झौता आज

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक बीचको मर्जर सम्झौता आज हुँदैछ । यि दुई बैंक बीच शुक्रबारको शेयर कारोबार बन्द भएपछि मर्जर सम्झौता हुन लागेको हो ।

यि दुई बैंक मर्ज भएर बन्ने बैंकको नाम, बैंकको अध्यक्ष, बैंकको सीईओ र प्रारम्भिक स्वाप पनि तय भईसकेको छ । जसअनुसार मर्ज पछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ भने अध्यक्ष र सीईओ इन्भेष्टमेन्ट कै रहने छन् ।

अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व हुने जनाइएको छ । त्यस्तै १००ः९० को स्वापको लागि प्रारम्भिक सहमति भएको जनाइएको छ । मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरी काम हुने बताइएको छ ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००ः९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ ।

4535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका