समृद्धि फाइनान्सले शुक्रबार आफ्नो जनकपुर शाखाबाट विवाह पञ्चमीको अवसरमा जनकपुर ३ स्थित राजदेवी मन्दिरको नजिकै कारीब २५० भक्तजनहरुलाई पिउने पानी तथा चिया बितरण गरेको छ ।
साथै शनिबार संस्थाको नारायणगढ शाखाबाट नारायणी किनार स्थित देवघाट धाममा सरसफाई कार्यक्रम र मधुवन शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।वित्तीय साक्षरता कार्यक्रम मधुवन स्थित बहरदार टोलका ३५ जना स्थानीय बासिन्दा बीच, वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ ।