जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकको नाफा ८२ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको नाफा ८२ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकले साढे १ अर्ब खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेको हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ८३ करोड ८९ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ८१.९२ प्रतिशतले बढेको छ ।

यस्तै, बैंकले दोस्रो त्रैमाससम्म १ खर्ब ८२ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले कर्जा लगानी र निक्षेप संकलनमा पनि सुधार गरेको छ ।

यस्तै, बैंकले २ अर्ब २६ करेाड रुपैयाँ सञ्चालन नाफा गरेको छ भने बैंकको खराब कर्जा ०.५० प्रतिशत रहेको छ । बैंकको खराब कर्जा भने गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ०.२६ प्रतिशत थियो ।

960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका