जोडिनुहोस
शुक्रबार, असार १२, २०८३
शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • खराब कर्जा करिब दोब्बर भएको कर्पोरेट डेभलपमेन्टको सेयर मूल्यमा किन लाग्यो पोजेटिभ सर्किट?

खराब कर्जा करिब दोब्बर भएको कर्पोरेट डेभलपमेन्टको सेयर मूल्यमा किन लाग्यो पोजेटिभ सर्किट?

खराब कर्जा चुलिएको वित्तीय विवरण निकालेको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। वित्तीय अवस्था नाजूक भएको विवरण सार्वजनिक हुँदा बैंकको सेयर मूल्य भने अकासिएको हो। चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ७.५३ प्रतिशत छ। जबकि पोहोर दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ४.६६ प्रतिशत थियो।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य बुधबार प्रति कित्ता १५९.८० रुपैयाँले बढेर १७५७.८० रुपैयाँ पुगेको छ। बैंकको ४२ हजार १२८ कित्ता सेयर ७ करोड १० लाख रुपैयाँमा किनबेच भएको छ। बैंकको सेयर ७२ नम्बर ब्रोकरबाट बढी किनबेच भएको देखिन्छ। पछिल्लो एक वर्षमा बैंकको सेयर मूल्य ३६२ रुपैयाँसम्म झरेकामा विनाकारण अकासिएको छ। कर्पोरेट डेभलपमेन्ट सेयर मूल्य सबैभन्दा धेरै हुने विकास बैंक हो।

बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा १ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकको प्रति सेयर आम्दानी जम्मा ४.०९ रुपैयाँ र प्रति सेयर नेटवर्थ १४८.७२ रुपैयाँ छ। बैंकको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेकामा साधारण सेयर संख्या १५ लाख ७५ हजार ७५ कित्ता छ। थोरै सेयर भएका कम्पनीको मूल्य खेलाडीहरुले चलखेल गरेर बढाउँदै आएका छन्।

‘कर्पोरेट डेभलपमेन्टको सेयर मूल्य बढ्नुपर्ने कुनै कारण छैन। झन् अहिले त खराब ऋण बढेको रिपोर्ट आएको छ। यस्तो बेला पोजेटिभ सर्किट लाग्नु भनेको चलखेल नै हो भनेर बुझ्नुपर्छ,’ एक ब्रोकरले भने।

2125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका