जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बीमा रकमको लोभमा जब ड्राइभरले आफैँले चलाउने टिपरमा आगो लगाए…

बीमा रकमको लोभमा जब ड्राइभरले आफैँले चलाउने टिपरमा आगो लगाए…

आज मंगलबार नेत्रविक्रम चन्द (विप्लव) माओवादीले नेपाल बन्दको आह्वान गरेको मौकामा दाङमा चालक आफैँले आफूले चलाउने टिपरमा आगजनी गरेका छन् । मंगलबार बिहान बन्दकर्ताले रोकिराखेको टिपरमा आगजनी गरेको भनिएपनि अनुसन्धानका क्रममा टिपरमा चालक र सहचालक आफैँले आगो लगाएको खुलेको हो ।

बीमा वापतको रकम हत्याउने लोभमा बन्दको मौका छोपेर चालक र सहचालकले घोराहीस्थित बबई खोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिपरमा आज बिहान आफैँले आगो लगाएको खुलेको हो । जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी सुरेश काफ्लेका अनुुसार टिपर धनीकै सहमतिमा टिपर चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले टिपरमा आगो लगाएको खुलेको हो । चालक र सहचालकले यो कुरा स्वीकार पनि गरेका छन् ।

मंगलबार बिहान ४ बजेको समयमा आगजनी भएको खबर पाउनासाथ प्रहरीको छोली घटनास्थलमा पुगेको थियो । चालक र सहचालकमाथि नै शंका लागेपछि प्रहरीले उनीहरुलाई नै नियन्त्रणमा लिएको थियो ।

सुरुमा उनीहरुले केही बन्दकर्ताको समूह आएर टिपरमा आगो लगाएको दाबी गरेका थिए । तर, उनीहरुलाई नै नियन्त्रणमा लिएर अनुसन्धान गर्दा साहुकै सहमतीमा बिग्रेको उक्त टिपर जलाएर बीमा वापतको रकम दाबी गरेर हत्याउने योजना रहेको खुलेको हो ।

टिपरको अगाडिको भाग जलेको छ ।

उक्त गाडीको धनी घोराही–१८ का ४३ वर्षीय धनेश्वर भण्डारी रहेका छन् । उक्त टिपरको बीमा कुन बीमा कम्पनीमा थियो भन्ने खुलिसकेको छैन ।

2155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?