जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल मनी वीकका अवसरमा प्रभु बैंकले बुर्तिबाङमा निकाल्यो वित्तीय जनचेतनामूलक र्‍याली

ग्लोबल मनी वीकका अवसरमा प्रभु बैंकले बुर्तिबाङमा निकाल्यो वित्तीय जनचेतनामूलक र्‍याली

प्रभु बैंक गण्डकी प्रदेशले बागलुङको बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’को अवसरमा सोमबार वित्तीय जनचेतनामूलक र्‍यालीको आयोजना गरेको छ।

‘अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं’ भन्ने मूल नाराका साथ आयोजित र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो। र्‍यालीमा सहभागीहरूले वित्तीय साक्षरतासम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।

कार्यक्रममा प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्त्व र वित्तीय साक्षरताको आवश्यकताबारे चर्चा गरे। उनले बालबालिका, वृद्ध तथा युवालाई बचत, लगानी र वित्तीय योजनाको महत्त्व बुझाउन यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

र्‍यालीको मुख्य उद्देश्य युवामा बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्त्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्धन गर्नु रहेको बैंकले जनाएको छ। बैंकले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

1810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका