जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ‘पे वेल’ बाट बिजुलीको बिल तिर्दा हजार रुपैयाँ सम्मको कारोबार निःशुल्क

‘पे वेल’ बाट बिजुलीको बिल तिर्दा हजार रुपैयाँ सम्मको कारोबार निःशुल्क

पे वेल’ डिजिटल वालेटबाट बिजुलीको बिल तिर्दा एक हजार रुपैयाँ सम्मको कारोबार निःशुल्क हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले अनलाइन मार्फत बिजुलीको बिल तिर्दा ५०० रुपैयाँ भन्दा बढी रकम भएमा ५ रुपैयाँ सम्म सेवा शुल्क लिन सक्ने नियम कार्यान्वयनमा ल्याएसँगै सेवा प्रदायकले भिन्न भिन्न शुल्क प्रस्ताव गरेका छन्।

विद्युत प्राधिकरणसँग हालसम्म १२ वटा भुक्तानी सेवा प्रदायक संस्थाले अनलाइन भुक्तानीको स्विकृती लिएका छन्। अधिकांस संस्थाले ५०० रुपैयाँ भन्दा ठूलो बिल भुक्तानीमा प्रति कारोबार ५ रुपैयाँ शुल्क लिने प्रस्ताव गरेका छन्।

पे-वेलले भने एक हजार रुपैयाँ सम्मको महसुल तिर्दा शुल्न नलिने र एक हजार भन्दा बढी पाँच लाख रुपैयाँसम्मको महसु तिर्दा पनि प्रति कारोबार ३ रुपैयाँ मात्रै शुल्क लिने प्रस्ताव विद्युत प्राधिकरणमा पठाएको छ।

स्प्रो पे, इ-सेवा, सेलकम, आइएमई डिजिटल, हिमालयन बैंक, नेपाल डिजिटल प्यामेन्ट, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, आइक्यास र महालक्ष्मी विकास बैंकले ५०० रुपैयाँ भन्दा बढी विद्युत महसुल भुक्तानी गर्दा ५ रुपैयाँ सेवा शुल्क लिने प्रस्ताव गरेका छन्।

त्यस्तै सजिलो पे ले ५०० रुपैयाँ भन्दा माथिको कारोबारमा प्रतिकारोबार ४ रुपैयाँ ८० पैसा शुल्क लिने प्रस्ताव गरेको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै विभिन्न सेवा प्रदायकले प्रस्ताव गरेको सेवा शुल्क सार्वजनिक गरेको छ। गत वर्ष चैत्रमै चालु आर्थिक वर्षबाट बिजुलीको बिल तिर्दा ५ रुपैयाँ सम्म सेवा शुल्क लिन दिने गरि प्रस्ताव गरिएको थियो।

3635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?