जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कृषि उपजका स्टलमा हुने दैनिक कारोबारलाई नगदरहित बनाउन प्रभु बैंक र समितिबीच सम्झौता

कृषि उपजका स्टलमा हुने दैनिक कारोबारलाई नगदरहित बनाउन प्रभु बैंक र समितिबीच सम्झौता

प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका-९ शान्ति वनवाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच दैनिक कारोबार नगदरहित बनाउने सम्झौता भएको छ। समितिसँग गत सोमबार एक कार्यक्रमका बीच सम्झौता भएको बैंकले जनाएको छ।

समिति मातहत संचालित स्टलहरूबाट दैनिक हुने आर्थिक कारोबारलाई सहज बैंकिङ पहुँचसहित डिजिटल माध्यममा रुपान्तरण गर्ने उद्देश्यले बैंक र समितिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा समितिका अध्यक्ष नवराज दुवाडी र प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार कृषि बजार व्यवस्थापन समितिअन्तर्गत संचालित व्यावसायीहरूलाई दैनिक कारोबार नगदरहित बनाउने उद्देश्यका साथ क्यूआरकोड, डिजिटल भुक्तानी तथा कारोबारका लागि आवश्यक इन्टरनेट सेवा बैंकले उपलब्ध गराउने छ।

कार्यक्रममा दुवाडीले यस सम्झौताले समिति मातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोबारमा सहजता प्राप्त हुने विश्वास व्यक्त गरे।

त्यस्तै, बैंकका प्रमुख प्रदेश अधिकृत रानाले यो सम्झौताले डिजिटल सेवामार्फत कृषि बजारको आर्थिक कारोबारमा सहजीकरण हुने विश्वास व्यक्त गरे।

2740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका