जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • राष्ट्र बैंकले अर्थ मन्त्रालयमा बुझायो पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन

राष्ट्र बैंकले अर्थ मन्त्रालयमा बुझायो पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।

नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त प्रतिवेदन बुझाएको मन्त्रालयले जनाएको छ ।

कामु गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराइन् । अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताए ।

715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका