जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मर्जर स्वीकृतिका लागि ग्लोबल र जनता राष्ट्र बैंकमा

मर्जर स्वीकृतिका लागि ग्लोबल र जनता राष्ट्र बैंकमा

ग्लोबल आईएमई बैंक र जनता बैंक मर्जरसम्बन्धी अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेका छन् । दुईओटै बैंकका साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेसँगै अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा गत साता नै निबेदन दिएको बैंक स्रोतले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरुका तर्फबाट मर्जरसम्बन्धी अन्तिम स्वीकृतिका लागि पत्र प्राप्त भइसकेको भन्दै त्यसबारे आवश्यक प्रक्रिया अघि बढिसकेको जनाएको छ । नेपाल राष्ट्र बैंक नियमन विभागका प्रमुख देवकुमार ढकालले केही दिनभित्रै राष्ट्र बैंकले अन्तिम स्वीकृति दिने बताए ।  ‘हामीकहाँ पत्र आएको छ, हामीले आवश्यक प्रक्रिया अघि बढाइसकेका छौं, अब बस्ने बोर्ड बैठकले मर्जरसम्बन्धी अन्तिम स्वीकृति दिने निर्णय गर्छ’ ढकालले भने ।

मर्जरका लागि दुई बैंकहरुबीच सञ्चालक समिति, कार्यकारी प्रमुख र स्वाप रेसियोबारे भएको प्रारम्भिक सहमतिलाई नै दुई बैंकबीच अन्तिम सहमतिले समेत निरन्तरता दिएको छ भने उक्त सहमतिलाई दुबै बैंकका साधारणसभाले पारित समेत गरिसकेका छन् ।

अहिले मध्यम र तल्लो तहका व्यवस्थापनका कर्मचारीहरुको व्यवस्थापन, दोहोरिएका शाखाहरुको व्यवस्थापन, सफ्टवेयर व्यवस्थापन लगायतका प्राविधिक कामहरु भइरहेको बताइएको छ । ग्लोबल आईएमई र जनता बैंक मर्ज भइसकेपछि करिब ३०० शाखा पुग्नेछ ।

एकै स्थानमा रहेका केही शाखाहरु भने बन्द गर्नुपर्ने अवस्थामा रहेकोले केही शाखाहरु भने बन्द गर्नुपर्ने हुनसक्ने ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । शाखा बन्द गर्नु परेपनि बैंकबाट कुनैपनि कर्मचारीहरु बाहिरिने अवस्था भने नहुने ढकालकाे भनाई थियो । मर्जर र एक्विजिसनको लामो अनुभव आफूहरुसँग भएकोले जनतासँगको मर्जर प्रक्रियामा पनि कर्मचारी व्यवस्थापनका कुनै समस्या नभएको उनले बताए ।

नयाँ बन्ने ग्लोबल आईएमई बैंकले ग्लोबल आईएमई बैंककै सफ्टवेयर प्रयोग गर्नेछ । हाल ग्लोबल आईएमई बैंकको शेयर रजिष्ट्रारको रुपमा ग्लोबल आईएमई क्यापिटल तथा जनता बैंकको शेयर रजिष्ट्रारको रुपमा जनता क्यापिटलले नै काम गरिरहेको छ । यी दुईलाई एकै ठाउमा ल्याउने र सहायक कम्पनीको मर्जर प्रक्रिया समेत सुरु भइसकेको छ, यद्यपि यी प्रक्रियाहरु भने एकीकृत कारोबार घोषणापछि समेत गर्न सकिन्छ ।

8120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका