जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नाडा अटो शो यसपालि भदौ ११ देखि १६ गतेसम्म

नाडा अटो शो यसपालि भदौ ११ देखि १६ गतेसम्म

यो वर्ष ‘नाडा अटो शो’ आगामी भदौ ११ देखि १६ गतेसम्म हुने भएको छ। अटो व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सोमबार बसेको कार्यसमिति बैठकले नाडा अटो शोको मिति तय गरेको हो।

‘कार्यसमितिको आज बसेको बैठकले आगामी भदौ ११ देखि १६ गतेसम्म नाडा अटो शो गर्ने निर्णय गरेको छ,’ नाडाको कार्यसमितिका एक सदस्यले भने।

बैठकले अटो शोका लागि अनुपकुमार बराललाई सहसंयोजकमा तोकेको छ। उनी यसअघिको शोमा पनि सहसंयोजक थिए। १५औं संस्करणको नाडा अटो शो गत वर्ष भदौ २६ देखि ३१ गतेसम्म भएको थियो।

नाडाले गरेको सर्भे अनुसार यो पटक ६८ वटा ब्रान्ड अटो शोमा सहभागी हुनेछन्। जसमा २३ वटा चारपाङ्ग्रे, १९ वटा दुई पाङ्ग्रे, ८ वटा कमर्सियल ब्रान्ड हुन्। यस्तै कम्पोनेन्टमा १८ वटा ब्रान्डले अटो शोमा भाग लिने निश्चित जस्तै रहेको कार्यसमितिका ती सदस्यले जानकारी दिए।

अटो शोका लागि बुकिङ भने असार १ गतेदेखि ७ गतेसम्म खुला हुनेछ। व्यवसायीहरुका अनुसार यसपालिको अटो शो पनि इभीमय हुने निश्चितजस्तै छ।

3395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका