जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सिटिजन लाइफको बीमा शुल्क आर्जन ४७ प्रतिशतले बढ्यो

सिटिजन लाइफको बीमा शुल्क आर्जन ४७ प्रतिशतले बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ ७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ ।

१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ८३ करोड ३९ लाख रुपैयाँ जगेडा कोषमा संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ७६ करोड रुपैयाँ संचिती रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बढेको हो ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा ५ अर्ब ५३ करोड ७८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३ खर्ब १ करोड १२ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले १४ करोड ६३ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ५७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा सामान्य बढेको हो ।

यस अवधिमा कम्पनीले ३ अर्ब ५९ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४४ करोड १० लाख २६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४७ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले ८१ करोड ४८ लाख ७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८५ लाख ५७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी बढेको छ ।

3475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका