जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कर्जा विस्तारमा नयाँ नीतिः छुट्टै कम्पनी खोल्नेदेखि ब्याजमा सहुलियतसम्म

कर्जा विस्तारमा नयाँ नीतिः छुट्टै कम्पनी खोल्नेदेखि ब्याजमा सहुलियतसम्म

कर्जाको माग खस्किएर प्रक्षेपण गरिएको भन्दा निक्कै कम कर्जा प्रवाह भएपछि सरकारले कर्जा विस्तारको नीति लिएको छ । अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले खराबकर्जा व्यवस्थापन गर्नका लागि छुट्टै कम्पनी खोल्ने देखी कर्जा तिर्न नसकेको उद्योगीहरूलाई ब्याजमा सहुलियत दिने उल्लेख गरेको हो ।

बजेटले खराबकर्जा व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी खोल्न राष्ट्रबैंक सँग सहजीकरण गर्ने जनाएको छ । यस्तै समस्यामा परेका उद्योगी व्यवसायीहरुलाई पुनःकर्जा, पुनः पुँजी प्रवाह तथा जरिवाना र ब्याजमा पनि आवश्यक छुट प्रदान गर्ने व्यवस्था गर्न नियामक नेपाल राष्ट्रबैंकसँग सहजीकरण गर्ने उल्लेख गरेको हो ।

यो सँगै सरकारले बजेटमार्फत आगामी आर्थिक बर्षभित्रै नियो बैंकको स्थापना गर्ने समेत जनाएको छ। डिजिटल बैकिङलाई विस्तार गर्दै शाखारहित बैकिङ सेवा सञ्चालनमा सरकार र राष्ट्रबैंक मिलेर अगाडि बढ्ने योजना समेत बजेटले अगाडि सारेको हो ।

1610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका