जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बीमा प्राधिकरण अध्यक्ष ओझालाई तत्कालका लागि हाइसञ्चो

बीमा प्राधिकरण अध्यक्ष ओझालाई तत्कालका लागि हाइसञ्चो

नेपाल बीमा प्राधिकरणका अध्यक्षमा शरद ओझालाई तत्कालका लागि हाइसञ्चो भएको छ। आफ्नो नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ गर्न पेसी मंसिर १ गतेका तोकिएकाले उनलाई तत्कालका लागि हाइसञ्चो भएको हो। न्यायाधीश अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिटलाई अग्राधिकार दिएर पूर्ण सुनुवाईका निम्ति पेस गर्न सोमबार आदेश दिएको थियो।

सरकारले अनुभवको न्युनतम योग्याताविनै ओझालाई गत फागुन दोस्रो साता प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो। उनलाई अध्यक्ष नियुक्त गर्न उमेर सम्बन्धी मापदण्ड समेत हेरफेर गरिएको थियो। संगठित संस्थामा काम गरेको अनुभव नभएका ओझाले फर्जी कागजात बुझाएर नियुक्ति लिएको भन्दै अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते रिट दायर गराएकी थिइन्। रिटमा सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीले चैत २० गते कारण देखाउ आदेश दिएका थिए।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीत नित्यानन्द पाण्डेयको इजलासले ओझालाई नियुक्ति दिन लिइएका आधार सम्बन्धी कागजात झिकाउन जेठ ५ गते आदेश दिएको थियो।

उनको नियुक्तिको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ। अख्तियारले मुद्दा दायर नगरेको अवस्थामा सर्वोच्चको निर्णय नआउञ्जेल ओझालाई कुनै अप्ठेरो पर्ने छैन।

1410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका