जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • इमाडोलमा सञ्चालनमा आयो सिटिजन्स बैंकको १९० औं शाखा

इमाडोलमा सञ्चालनमा आयो सिटिजन्स बैंकको १९० औं शाखा

सिटिजन्स बैंक इन्टरनेसनलले १९०औं शाखा काठमाण्डौको इमाडोलमा सञ्चालनमा ल्याएको छ ।

यससँगै काठमाण्डौ उपत्यका भित्र कम्पनीको ३८ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५२ वटा शाखाहरु पुगेका छन् ।मंगलबार आयोजित एक कार्यक्रममा कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्‍याइने बताए ।

सो अवसरमा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन तथा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो ।

कम्पनीले नयाँ शाखा सञ्चालनको अवसरमा शाखा कार्यालयबाट खाता खोल्दा डेविट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरुको पहिलो वर्ष नि: शुल्क प्राप्त गर्न सकिने बताएको छ ।

साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र लकर शुल्कमा ५० प्रतिशत छूट सुविधा उपलब्ध छ । यो सुविधाहरु हालैमात्र सञ्चालनमा आएको टेकु शाखामा पनि उपलब्ध रहेको कम्पनीले बताएको छ ।

कम्पनीले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५० वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ७९ हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका