जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी ज्योति पाण्डेको थपियो पदावधि

नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी ज्योति पाण्डेको थपियो पदावधि

नेपाल इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डेलाई निरन्तरता दिएको छ। बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आगामी ४ वर्षका लागि पाण्डेलाई निरन्तरता दिने निर्णय गरेको हो।

पाण्डेको कार्यकाल असार मसान्तमा सकिँदै थियो। उनले नेपाल राष्ट्र बैंकबाट करियर सुरु गरेका थिए। त्यहाँको सामान्य सेवा विभागमा उनले ३९ वर्षअघि सहायक पदबाट जागिर सुरु गरेका थिए। ११ महिना काम गरेर उनले राष्ट्र बैंक छाडेका थिए।

पाण्डेले १९८७ मा एनआइडीसीमा पनि काम गरेका थिए। एनआइडीसीपछि उनले तत्कालिन इन्डोस्वेज बैंकमा जागिर सुरु गरेका थिए।

इन्डोसेज बैंकमा हुँदै हिमालयन बैंक खुल्ने भएपछि उनी त्यहाँ गए। सन् १९९२ देखि २००२ सम्म हिमालयन बैंकमा काम गरे। हिमालयन बैंक स्थापनामा महत्वपूर्ण भूमिका खेलेका पृथ्वीबहादुर पाँडे लगायतको पहलमा इन्डोस्वेज नेपाली समूहले किन्यो। पाँडे बैंकका अध्यक्ष छन्।

नेपालीले इन्डोस्वेज किनेपछि नयाँ नाम ‘नेपाल इन्भेष्टमेन्ट बैंक’ राखियो। त्यसपछि पाण्डेले इन्भेष्टमेन्ट बैंकमा काम गरेका हुन्। उनी ८ वर्षअघि बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए।

पाण्डेले पटना युनिभर्सिटीबाट एमबीए र कोलकाताबाट स्नातक गरेका हुन्। उनको स्कुलिङ भने काठमाडौंको सेन्टजेभियर स्कुलमा भएको हो।

पाण्डे प्रमुख कार्यकारी भएदेखि बैंकले हरेक वर्ष औसत ४० प्रतिशतमाथि लाभांश वितरण गर्दै आएको छ।

11375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?