जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बीमा कम्पनीले सीएसआरको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न पाउने

बीमा कम्पनीले सीएसआरको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न पाउने

बीमा कम्पनीहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम पुनर्निर्माण कोषमा जम्मा गर्न पाउने भएका छन्।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीले सीएसआरको रकम सरकारले खडा गरेको भौतिक पूर्वाधार निर्माण कोषमा जम्मा गर्न पाउने गरी निर्देशिका संशोधन गरेको छ।प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका,२०८० मा दोस्रो संशोधन गर्दै प्राकृतिक प्रकोप, नागरिक आन्दोलन, जन प्रदर्शन वा अन्य कारणले भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत लगायत कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा दाखिला हुने गरी गरिएको खर्चको क्षेत्र थपेको हो।

बीमा कम्पनीहरुले अहिले सामाजिक उत्तरदायित्व कोषको रकम शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, सामाजिक रुपमा पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, बीमा साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा सीमान्तकृत वर्गको बीमा सम्बन्धी कार्यक्रममा खर्च गर्दै आएका छन्।बीमा कम्पनीले प्रत्येक आर्थिक वर्ष मुनाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरेर जम्मा गर्नुपर्ने व्यवस्था छ।

यस्तो रकम अति बीमा कम्पनीले विपन्न तथा सीमान्तकृत वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा बीमा गर्दा हुने खर्चमा प्रत्यक्ष अनुदान, गरिबी न्यूनीकरण, आफ्नो कम्पनीमा कार्यरत कर्मचारीका बालबालिकाका लागि चाइल्ड केयर सेन्टरमा खर्च गर्न पाउँछन्।भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा भएको क्षतिपछि सरकारले पुनर्निर्माण कोष खडा गरेर रकम जम्मा गर्न आह्वान गरेको छ।

1800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका