जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • महालेखा नियन्त्रक कार्यालयले बुझायो प्रतिवेदन, सरकारको नगद तथा बैंक मौज्दात ६५.८१ अर्ब

महालेखा नियन्त्रक कार्यालयले बुझायो प्रतिवेदन, सरकारको नगद तथा बैंक मौज्दात ६५.८१ अर्ब

महालेखा नियन्त्रक कार्यालयले सरकारको गत आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण बुझाएको छ।

कार्यालयले शुक्रबार अर्थमन्त्री रामेश्वर खनाललाई विवरण र प्रतिवेदन बुझाएको हो। प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको नगद तथा बैंक मौज्दात ६५ अर्ब ८१ करोड २६ लाख छ।

सञ्चित कोष र नगद अवस्था ऋणात्मक रहेको तर विभिन्न कोषको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमका आधारमा नगद तथा बैंक मौज्दात धनात्मक भएको महालेखाले जनाएको छ।

महालेखाको विवरण अनुसार गत आवमा सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड रुपैयाँले ऋणात्मक छ। त्यस्तै नगद अवस्था ३१ अर्ब ३४ करोडले ऋणात्मक छ।

महालेखाले हरेक आवमा एकीकृत वित्तीय विवरण र प्रतिवेदन तयार पारेर अर्थमन्त्रीसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ।

1410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?