जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा र पदस्थापन, को कहाँ ?

राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा र पदस्थापन, को कहाँ ?

नेपाल राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा र पदस्थापन भएको छ। गभर्नर विश्वनाथ पौडेलले यही कात्तिक १७ गते यससम्बन्धी निर्णय गरेका थिए। यो निर्णय बुधबारदेखि कार्यान्वयन हुनेछ।

यसअनुसार विदेशी विनिमय व्यवस्थापन विभागबाट रेवती प्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभागबाट रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा लगिएको छ।

त्यसैगरी गभर्नरको कार्यालयमा रहेका राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, मानव संसाधन व्यवस्थापन विभागमा रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागबाट अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभाग, मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मालाई गभर्नरको कार्यालय, बैंकिङ विभागमा रहेका डा. डिल्लीराम पोख्रेललाई मौद्रिक व्यवस्थापन विभागमा लगिएको छ।

यसबाहेक बैंक तथा वित्तीय संस्था नियमन विभागबाट गुरुप्रसाद पौडेललाई मानव संसाधन व्यवस्थापन विभागमा लगिएको छ भने भुक्तानी प्रणाली विभागबाट किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागमा जिम्मा दिइएको छ।

वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेका डा. सत्येन्द्र तिमिल्सिना भने भुक्तानी प्रणाली विभाग पुगेका छन्। सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट रोशन कुमार सिग्देललाई बैंकिङ विभागमा लगिएको छ।

1330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका