जोडिनुहोस
बुधबार, मंसिर २५, २०८२
बुधबार, मंसिर २५, २०८२
  • होमपेज
  • एक व्यक्ति एउटा सहकारी भन्दा बढीमा संचालक बसेको पाइए कार्बाही गरिने

एक व्यक्ति एउटा सहकारी भन्दा बढीमा संचालक बसेको पाइए कार्बाही गरिने

एकजना व्यक्ति एउटा मात्रै सहकारीमा संचालक बस्नुपर्ने नीति कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । एकजना व्यक्ति एउटा मात्रै सहकारीमा संचालक हुन पाउने व्यबस्था कार्यान्वयनमा नआएपछि यस्तो व्यबस्था तत्काल कार्यान्वयन गर्न सहकारी विभागले पत्रै काटेर निर्देशन दिएको हो । विभागले देशभरका सहकारी संस्थालाई निर्देशन दिएर पत्रमचार गरेको छ ।

सहकारी ऐन २०७४ को दफा ४१ मा यस्तो व्यबस्था छ । यसलाई कार्यान्वयन गर्न विभागले निर्देशन दिएको हो । यसअघि पटक–पटक निर्देशन गर्दा पनि अटेरी भएको भन्दै विभागले ऐनको व्यवस्था अविलम्ब कार्यान्वयन गर्ने भएको छ । अन्यथा कार्बाही गरिने जनाइएको छ । सहकारी संस्थाको नियमनको भूमिकामा रहेका सबै नियमनकारी निकायहरुले नियमित अनुगमन, निरीक्षण, नियमन तथा सुपरिवेक्षण गरी यो व्यवस्था कार्यान्वयन भए–नभएको जाँच गर्नसमेत विभागले निर्देशन दिएको छ ।

दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेका व्यक्तिहरुले तुरुन्तै एउटा मात्रै सहकारी रोज्नु पर्ने छ अन्यथा कार्बाही हुने छ । हालसम्म पनि दोहोरो सञ्चालकमा बहाल रहनुभएका सञ्चालक सदस्यलाई यथाशीघ्र उक्त कानुनी प्रावधान कार्यान्वयनका लागि सम्बन्धित सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई यो निर्देशन जारी गरिएको छ भनेर विभागले पत्रमा उल्लेख गरेको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका