जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • विकास बैंकहरुको नाफा ३ अर्ब भन्दा बढिः पहिलो मुक्तिनाथ विकास बैंक, दोस्रो गरिमा विकास बैंक, तेस्रो साईन रेसुंगा डेभलपमेण्ट बैंक, चौथो महालक्ष्मी विकास बैंक !

विकास बैंकहरुको नाफा ३ अर्ब भन्दा बढिः पहिलो मुक्तिनाथ विकास बैंक, दोस्रो गरिमा विकास बैंक, तेस्रो साईन रेसुंगा डेभलपमेण्ट बैंक, चौथो महालक्ष्मी विकास बैंक !

मर्जर गरेर बचेका औलामा गन्न सकिने विकास बैंकहरुको नाफा ८ महिनाको अवधीमा ३ अर्ब भन्दा माथी पुगेको छ भन्दा फरक पर्दैन । सबैभन्दा बढि नाफा मुक्तिनाथ विकास बैंकको छ । दोस्रोमा गरिमा विकास बैंक छ भने तेस्रोमा साईन रेसुङ्गा विकास बैंकको छ । चौथोमा युवा बैंकर सीइओ दिपेश लम्साल रहेको महालक्ष्मी विकास बैंकले नाफा कमाएको भेटिएको छ । पछिल्लो समय महालक्ष्मी विकास बैंक लयमा फर्केको देखिन्छ भन्दा फरक पर्दैन ।

चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले सवा ३ अर्ब रुपैयाँ बढी कमाउन सफल भएका छन् । राष्ट्रियस्तरका ८ वटा विकास बैंकले यो ८ महिनाको अवधिमा ३ अर्ब ३७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन् । भन्दा फरक पर्दैन । यी विकास बैंकमध्ये सर्वाधिक नाफा आर्जन गर्नेमा मुक्तिनाथ रहेको छ । यो बैंकले मात्रै ६५ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रोमा गरिमा रहेको छ । गरिमाले यो ८ महिनामा ६५ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ ।

शाइन रेसुंगा ५२ करोड २७ लाख रुपैयाँ नाफाका साथ तेस्रो स्थानमा रहेको छ भने महालक्ष्मी विकास बैंक ४० करोड ७० लाख रुपैयाँ नाफाका चौथौ स्थानमा रहेको छ । यसैगरी फागुनसम्म कामना सेवाले ३८ करोड १५ लाख रुपैयाँ, लुम्बिनीले २७ करोड ९७ लाख रुपैयाँ, ज्योतिले २५ करोड ७७ लाख रुपैयाँ र सांग्रिलाले २१ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । भन्दा फरक पर्दैन । सचेत भया ।

480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका