जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • वित्तीय साक्षरता प्रदान गर्दै एनएमबि क्यापिटल

वित्तीय साक्षरता प्रदान गर्दै एनएमबि क्यापिटल

एनएमबि क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लियो क्लब अफ कान्तिपुर, काठमाडौंका सदस्यहरुका लागि लगानी सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ।

रानीपोखरीस्थित दरबार हाई स्कुलमा वित्तीय लगानी सम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।

सो कार्यक्रममा पोर्टफोलियो अफिसर राहुल खड्का र स्कीम सहायक लचना शाक्यले संयुक्त रुपमा कार्यक्रममा वित्तीय साक्षरताबारे प्रस्तुती दिएका थिए।

सहभागीहरुलाई पूँजी बजारका विभिन्न पक्ष, गतिविधिहरुबारे जानकारी गराइएको थियो। कार्यक्रमपछि सहभागीहरुबाट सोधिएका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरिएको थियो।

कम्पनीले आगामी दिनहरुमा पनि देशका विभिन्न ठाउँहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको
छ।

2135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका