जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • जेन्जि पुस्तालाई लक्षित गर्दै सुरु गरेको ‘सिटिजन्स जेन–जि सेभिङ अकाउन्ट’ छोटो समयमै लोकप्रिय बन्दै गएको छ

जेन्जि पुस्तालाई लक्षित गर्दै सुरु गरेको ‘सिटिजन्स जेन–जि सेभिङ अकाउन्ट’ छोटो समयमै लोकप्रिय बन्दै गएको छ

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले जेन्जि पुस्तालाई लक्षित गर्दै सुरु गरेको ‘सिटिजन्स जेन–जि सेभिङ अकाउन्ट’ छोटो समयमै लोकप्रिय बन्दै गएको छ । जेन–जि पुस्ताको डिजिटल बैंकिङ आवश्यकता, बजारको माग र युवालाई वित्तीय प्रणालीसँग जोड्ने उद्देश्यले बैंकले उक्त खाता सञ्चालनमा ल्याएको जनाएको छ।

केटिएम भ्वाइससँगको कुराकानीमा बैंकका डिपोजिट मार्केटिङ हेड पारस बिक्रम थापाले करिब दुई महिना अघि जेन–जि सेभिङ अकाउन्ट सार्वजनिक गरिएको जानकारी दिए। उनका अनुसार बजार अनुसन्धानका क्रममा नेपालको कुल जनसंख्याको करिब ३० प्रतिशत हिस्सा जेन–जि पुस्ताको रहेको पाइएको छ। “सन् १९९७ देखि २०१२ सम्म जन्मिएका युवालाई जेन–जि पुस्ताका रूपमा लिइन्छ, उनीहरूको बैंकिङ व्यवहार, डिजिटल प्रयोगको प्रवृत्ति र बजार मागलाई अध्ययन गरेर यो प्रोडक्ट ल्याएका हौँ,” थापाले भने। उनले जेन–जि पुस्तालाई सम्मान गर्दै तथा देशको आर्थिक प्रणालीमा उनीहरूको सहभागिता बढाउने उद्देश्यले पनि उक्त खाता ल्याइएको बताए।

उनका अनुसार जेन–जि सेभिङ अकाउन्टमा परम्परागत बचत खाताभन्दा थप डिजिटल सुविधा समावेश गरिएको छ। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र डेबिट कार्ड जस्ता सेवा बन्डलिङ गरेर एकैपटक उपलब्ध गराइएकाले ग्राहकलाई सस्तो पर्ने उनले बताए। जेन–जि पुस्ताको कारोबार शैली र डिजिटल आवश्यकतालाई ध्यानमा राख्दै विश्वासको आधारमा सेवा बन्डलिङ गरिएको थापाको भनाइ छ।

बैंकले जेन–जि ग्राहकलाई डिजिटल बैंकिङमा सहज बनाउन ई–कम कार्ड तथा डिम्याट खाता निःशुल्क उपलब्ध गराएको जनाएको छ। साथै जेन–जि पुस्ताको नेटवर्किङ क्षमता उच्च हुने भएकाले ग्राहक विस्तार गर्न ‘रिफर एण्ड रिवार्ड’ कार्यक्रम सञ्चालन गरिएको छ। यस कार्यक्रम अन्तर्गत एक जेन–जि ग्राहकले अर्को जेन–जि ग्राहकलाई खाता खोल्न सिफारिस गरेमा पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।

nepalipaisa

थापाका अनुसार अहिलेको युवा पुस्ताले छिटो, प्रभावकारी र डिजिटल माध्यममै आधारित सेवा खोज्ने भएकाले बैंकिङ प्रणालीलाई सोहीअनुसार रूपान्तरण गर्नुपर्ने चुनौती रहेको छ। “युवालाई वित्तीय व्यवहार तथा अनुशासन सिकाउन आवश्यक छ, सिटिजन्स बैंकले त्यसका लागि विभिन्न योजना बनाइरहेको छ,” उनले भने। साथै जेन–जि पुस्तालाई दीर्घकालीन रूपमा बैंकिङ क्षेत्रमा जोड्ने रणनीति पनि अघि बढाइएको उनले बताए।

जेन–जि सेभिङ खातामार्फत ग्राहकले अनलाइन ट्रान्जेक्सन, बिल भुक्तानी लगायत डिजिटल सेवा प्रयोग गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ। ग्राहकलाई सामान्य जानकारी तथा सहयोग उपलब्ध गराउन च्याटबक्स सुविधा पनि सञ्चालनमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकले नगद कारोबारमा पाँच लाख रुपैयाँसम्मको सीमा निर्धारण गरेपछि डिजिटल कारोबारतर्फ आकर्षण बढ्ने विश्वास बैंकको रहेको थापाले बताए।

उनका अनुसार जेन–जि सेभिङ खाता अनलाइनमार्फत घरबाटै खोल्न सकिने व्यवस्था गरिएको छ। यद्यपि पहिलो पटक नगद झिक्न भने ग्राहक बैंकमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ। डिजिटल ठगी न्यूनीकरण गर्न बैंकले विभिन्न जनचेतनामूलक कार्यक्रम तथा भिडियो सार्वजनिक गर्दै आएको उनले जानकारी दिए। जेन–जि ग्राहकका लागि आवश्यक सुरक्षा उपकरणहरू पनि डिजिटल रूपमा विकास गरिएको उनले बताए।

थापाका अनुसार जेन–जि सेभिङ अकाउन्ट सार्वजनिक भएको पहिलो महिनामै धेरै खाता खोल्न सफल भएको छ। खाता खोल्ने क्रम अझै बढिरहेको उनले बताए। “ग्राहकबाट प्राप्त प्रतिक्रियालाई आधार मानेर सेवा परिमार्जन गर्दै अघि बढिरहेका छौँ,” उनले भने। रिफर एण्ड रिवार्ड कार्यक्रममार्फत ग्राहक विस्तारमा सकारात्मक प्रभाव देखिएको उनले बताए।

बैंकले जेन–जि ग्राहकलाई लक्षित गर्दै लगानीसम्बन्धी सेवा पनि विस्तार गर्ने योजना बनाएको जनाएको छ। सिटिजन्स बैंकले आफ्नै सहायक कम्पनी सिटिजन्स क्यापिटलमार्फत सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान ९एसआईपी०, शेयर लगानी तथा ब्रोकर सेवा क्रमशः समावेश गर्ने तयारी गरेको छ। हाल आईपीओ खुला भएपछि सिस्टमेटिक लगानी योजना सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

ग्राहकले डिजिटल माध्यमबाट आय व्यवस्थापन गर्दै लगानी गर्न सक्ने व्यवस्था गर्ने योजना बैंकको रहेको छ। खाताको कारोबारको आधारमा ग्राहकलाई निश्चित सीमा भित्र कर्जा सुविधा उपलब्ध गराउने योजना पनि बनाइएको छ। ग्राहकले आफ्नो मोबाइल बैंकिङ बाट दुई लाख सम्म पे डे लोन लिन सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ। सिटिजन्स बैंकले फोनपेसँग सहकार्य गर्दै नेपालमै भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याइसकेको थापाले बताए। उनका अनुसार जेन–जि ग्राहकलाई लक्षित गर्दै भविष्यमा डिजिटल आय व्यवस्थापन तथा लाइफटाइम बैंकिङ सेवा विस्तार गर्ने योजना रहेको छ।

बैंकले विद्यार्थी जीवनदेखि रोजगारी, लगानी तथा सवारी साधन खरिदसम्मका वित्तीय आवश्यकता पूरा गर्दै ग्राहकलाई दीर्घकालीन रूपमा बैंकसँग आबद्ध गराउने रणनीति अघि सारेको जनाएको छ। जेन–जि ग्राहकलाई निरन्तर आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै बैंकले उनीहरूको आवश्यकतालाई प्राथमिकतामा राख्ने नीति अवलम्बन गरेको जनाएको छ।

सिटिजन्स बैंकका अनुसार जेन–जि सेभिङ अकाउन्ट बैंकको सफल प्रोडक्टमध्ये एक बन्ने संकेत देखिएको छ। बैंकले तीनवटा डिजिटल सेवा बन्डलिङ गरेर सस् दरमा उपलब्ध गराउनुका साथै डिम्याट खाता निःशुल्क प्रदान गर्दै डिजिटल बैंकिङलाई अझ विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?