जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • स्वास्थ्यमन्त्री शर्माले प्रधानमन्त्रीले राखेको बैठकमा बीमाका लागि मागिन् १५ अर्ब, ‘नभए उपचार बन्द’

स्वास्थ्यमन्त्री शर्माले प्रधानमन्त्रीले राखेको बैठकमा बीमाका लागि मागिन् १५ अर्ब, ‘नभए उपचार बन्द’

स्वास्थ्यमन्त्री डा. सुधा शर्माले स्वास्थ्य बीमामा देखिएको आर्थिक संकट समाधानका लागि तत्काल १५ अर्ब रुपैयाँ निकासा गर्न माग गरेकी छन्।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार सिंहदरबारमा राखेको बैठकमा मन्त्री शर्माले १५ अर्ब तत्काल उपलब्ध गराउन अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायसँग माग गरेकी हुन्।

उनले आफूले माग गरेको पैसा तत्काल व्यवस्थापन नभए अस्पतालहरुमा स्वास्थ्य बीमा उपचार बन्द हुने बताइन्। केही अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी नपाएको कारण देखाएर स्वास्थ्य बीमा उपचार बन्द गरिसकेका छन्।

मन्त्री शर्माले विद्यमान समस्याको समाधान छलफल र सुझावले मात्र सम्भव नहुने भन्दै स्रोत व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग आग्रह गरिन्।

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाबारे राखेको छलफलका सहभागी। तस्वीर : प्रधानमन्त्रीको सचिवालय
‘शून्य बजेटमा २४ अर्बको दायित्व बोकेर स्वास्थ्य बीमा कार्यक्रम कसरी सञ्चालन हुन्छ?,’ मन्त्री शर्माले प्रश्न गर्दै भनिन्, ‘कि स्पष्ट रूपमा स्वास्थ्य बीमा बन्द गर्न निर्देश हुनुपर्‍यो कि आवश्यक रकम दिनुपर्‍यो।’

अर्थसचिव उपाध्यायले भने स्वास्थ्य मन्त्रालयले सुधारलाई पहिलो एजेण्डा नबनाई स्रोत मात्र खोजी गरे स्वास्थ्य बीमा दिगोरूपमा सञ्चालन हुन नसक्ने बताए।

‘स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कार्यक्रममा देखिएका समस्या समाधान गर्ने पहिलो एजेण्डा मन्त्रालयले नै बनाउनुपर्छ, अनि मात्र सुधार सम्भव छ,’ सचिव उपाध्यायले भने।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका