जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बीमा प्राधिकरणको अध्यक्ष सिफारिस समिति गठन

बीमा प्राधिकरणको अध्यक्ष सिफारिस समिति गठन

सरकारले रिक्त रहेको बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको छ । समितिका पूर्व अध्यक्ष शरद ओझालाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि नयाँ नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको हो ।यही वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । सिफारिस समितिको सदस्यमा अर्थसचिव डा. घनश्याम उपाध्याय रहेका छन् भने विज्ञ सदस्यको रुपमा डा. फत्तबहादुर केसी रहेका छन् । केसी बीमा प्राधिकरणका पूर्वअध्यक्ष समेत हुन् ।

प्राधिकरणका अध्यक्ष शरद ओझालाई अदालतले नै अयोग्य ठहर गरेपछि अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिवले हाल नेतृत्व सम्हाल्दै आएको अवस्था छ । सिफारिस समितिले आवश्यक प्रकृया पूरा गरी सरकारलाई तीन जनाको नाम सिफारिस गर्नेछ । सरकारले तीनै मध्यबाट एकलाई समितिको कार्यकारी अध्यक्षमा ४ वर्षका लागि नियुक्त गर्नेछ ।

195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?