जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३

सुकुमवासी पहिचान भोलिबाट

सरकारले शनिबारबाट काठमाडौं उपत्यकाका सुकुमवासी बस्ती खाली गराउन सुरु गरेको छ । पहिलो दिनको बस्ती खाली गराउने काम शान्तिपूर्ण भएको प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)का राजनीतिक सल्लाहकार असिम शाहले जनाएका छन् ।

‘काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांकअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन्,’ सल्लाहकार शाहले फेसबुकमा लेखेका छन्, ‘उक्त क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको यस कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको छ ।’

हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएको र अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी रहेको उनले बताएका छन् ।

‘सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण संकलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी छ,’ उनले भनेका छन् ।

 

होटलमा राखिएका परिवारहरू वास्तविक सुकुमवासी हुन् कि होइनन् भनेर पहिचान गर्ने कार्य भोलिबाटै सुरु गरिने उनले उल्लेख गरेका छन् ।

‘वास्तविक सुकुमवासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा राखिनेछ,’ उनले अगाडि लेखेका छन्, ‘त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिनेछ ।’

310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका