जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल महिला संघको अध्यक्षमा समाजसेवी मीना खरेल नियुक्त

नेपाल महिला संघको अध्यक्षमा समाजसेवी मीना खरेल नियुक्त

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त भएकी छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले चितवन निवासी खरेललाई २०७३ सालदेखि हुन नसकेको महाधिवेशन सम्पन्न गर्ने मुख्य कार्यादेशसहित यो जिम्मेवारी सुम्पिएका हुन्। यसअघि उषा मिश्रको नेतृत्वले महाधिवेशन गराउन सकेको थिएन।

खरेल विगत ३५ वर्षदेखि सामाजिक क्षेत्रमा, विशेषगरी असहाय महिला र बालबालिकाको हकहितमा क्रियाशील व्यक्तित्व हुन्। ५४ वर्षीया खरेलले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् र उनले भरतपुरमा ‘आदर्श गृह’ लगायतका पुनस्र्थापना केन्द्रमार्फत हिंसापीडित तथा अभिभावकविहीन बालबालिकाको उद्धार र संरक्षण गर्दै आएकी छन्। उनी आदर्श नारी विकास केन्द्र र आदर्श बचत तथा ऋण सहकारी संस्था जस्ता संस्थाहरूको नेतृत्वदायी भूमिकामा समेत रहेकी छन्।

राजनीतिक रूपमा खरेल नेविसंघको विद्यार्थी राजनीतिबाट उदाएकी हुन्। २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएकी उनी वीरेन्द्र क्याम्पसको नेविसंघ अध्यक्ष र कांग्रेस चितवनको जिल्ला सदस्य हुँदै हाल महासमिति सदस्य छिन्। २०५४ को स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भएकी खरेलले गत निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग प्रतिस्पर्धा गरेकी थिइन्। उक्त निर्वाचनमा लामिछाने विजयी हुँदा खरेलले १४,५६४ मत प्राप्त गरेकी थिइन्। राजनीतिक भन्दा पनि सामाजिक छविका कारण स्थापित खरेललाई अबको निश्चित समयभित्र महिला संघको सांगठनिक गतिरोध अन्त्य गर्ने चुनौती रहेको छ।

यस्तो छ कार्यदेश

180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका