जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवाको सहयोगमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण

कामना सेवाको सहयोगमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण

कामना सेवा विकास बैंक लिमिटेडले ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ मा रहेका अनाथ तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको शाखा कार्यालय गोंगबु मार्फत आयोजित कार्यक्रममा काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले कक्षा एल.के.जी. देखि १० सम्म अध्ययनरत २८ जना बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री संस्थाका संस्थापक बिनिता अर्याललाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै संस्थापक अर्यालले बैंकको सहयोगले संस्थामा आश्रित बालबालिकाको शैक्षिक पहुँच विस्तारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन् । उनले यस्तो सहयोगले बालबालिकामा अध्ययनप्रति थप उत्साह र प्रेरणा मिल्ने बताइन् । यस अवसरमा बालबालिकाहरूले खुशी व्यक्त गर्दै बैंकप्रति आभार प्रकट गरेका थिए ।

कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका