जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • जिल्ला प्रहरीमा पूर्वगृहमन्त्री खाँणलाई ५ घण्टा केरकार

जिल्ला प्रहरीमा पूर्वगृहमन्त्री खाँणलाई ५ घण्टा केरकार

कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं जिल्ला प्रहरी परिसरबाट निकालिएको छ।

आज बिहान ९ बजे मैजुबहालबाट प्रहरीले उनलाई पक्राउ गरेर परिसरमा ल्याएको थियो।

प्रहरीले करिब चार घण्टाभन्दा बढी समय खाँणसँग घटनाबारे सोधपुछ गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खाँणसँग सोधपुछ गरेको हो। नक्कली शरणार्थी प्रकरणमा रकम बुझिएको बयान र केही प्रमाणसमेत भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पूर्वगृहमन्त्री खाँणलाई उनकै बा १७ च ३७३ नम्बरको गाडीमा राखेर प्रहरी कार्यालय पुर्‍याइएको थियो। स्कर्पियोमा ४/५ जना प्रहरी समेत राखेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं ल्याएको थियो। अदालत लैजाँदा भने प्रहरी भ्यानमा लगिएको हो।

त्यस्तै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरिएको छ। अहिले यस प्रकरणमा १२ जना समातिएका छन्।

यसै प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि अर्घाँखाँचीबाट सांसद टोपबहादुर रायमाझी लुकेका छन्। उनी पूर्व माओवादीसँगै पूर्व उपप्रधानमन्त्री हुन्। आफ्नो पार्टी सचिवसमेत रहेका रायमाझीलाई प्रहरीले खोजी सूचीमा राखेपछि एमालेले प्रकरण छानबिनमा उनले सघाउनुपर्ने भन्दै बुधबार पदबाट निलम्बन गरेको छ।

कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खाँण पक्राउ परेपछि नैतिक दबाबमा परेको एमालेले रायमाझीलाई यो प्रकरण ‘छानबिन हुन्जेलसम्मका लागि’ भन्दै पदबाट निलम्बन गरेको हो।

1170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका