जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • असारमा निक्षेपको ब्याजदर फेरि घट्यो

असारमा निक्षेपको ब्याजदर फेरि घट्यो

असार महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर फेरि घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ विवरणअनुसार केही बैंकहरूले व्यक्तिगत तथा संस्थागत दुवैतर्फको मुद्दती निक्षेपको ब्याजदर जेठ महिनाको तुलनामा कम गरेका हुन्। पछिल्लो समय बैंकहरूमा निक्षेपको ब्याजदर निरन्तर घटिरहे पनि कर्जा प्रवाह भने उत्साहजनक रूपमा बढ्न सकेको छैन।

नयाँ दरअनुसार २० वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ, जुन जेठमा ४.३४ प्रतिशत थियो। त्यसैगरी, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर जेठको ३.२० प्रतिशतबाट घटेर ३.१८ प्रतिशतमा झरेको छ। असार महिनाका लागि ७ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १३ वटा बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

असार महिनाका लागि विभिन्न बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा तोकेको नयाँ ब्याजदर यसप्रकार छ:

  • ४.७५ प्रतिशत: एनएमबि बैंक र राष्ट्रिय वाणिज्य बैंक

  • ४.५५ प्रतिशत: नबिल बैंक र प्रभु बैंक

  • ४.५० प्रतिशत: ग्लोबल आइएमई, माछापुच्छ्रे, सानिमा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

  • ४.२५ प्रतिशत: नेपाल बैंक

  • ४.१५ प्रतिशत: कृषि विकास बैंक

  • ४.१० प्रतिशत: नेपाल एसबीआई र सिटिजन्स बैंक

  • ४.०५ प्रतिशत: एभरेष्ट बैंक र सिद्धार्थ बैंक

  • ४.०० प्रतिशत: लक्ष्मी सनराइज, प्राइम कमर्सियल, हिमालयन र एनआईसी एशिया बैंक

  • ३.९५ प्रतिशत: स्ट्यान्डर्ड चार्टर्ड बैंक

  • ३.९१ प्रतिशत: कुमारी बैंक

190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका