जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्सको घुम्ति बीमा सेवा संचालन

आइएमई जनरल इन्स्योरेन्सको घुम्ति बीमा सेवा संचालन

आइएमई जनरल इन्स्योरेन्सले घुम्ति बीमा सेवा सञ्चालनमा ल्याएको छ । बीमा समितिबाट जारी “शाखा रहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” वमोजिम आवश्यक सम्पूर्ण सामाग्री सहित एक मोवाइल भ्यान मार्फत घुम्ती बीमा शुरु गरेको छ ।

कम्पनीले ग्राहकलाई आवश्यकतानुसार घरदैलोमानै सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा शुरु गरेको हो । सेवाको शुवारम्भ गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिृकत युगेशभक्त बादे श्रेष्ठले हाल काठमाण्डौं उपत्यकाभित्र कम्पनीको शाखा नरहेको विभिन्न स्थानहरुमा घरदैलेमा नै गएर यो सेवा प्रदान गरिने र घुम्ती बीमाबाट प्राप्त नतिजाको आधारमा भविष्यमा अन्य स्थानहरुबाट पनि यो सेवा प्रदान गर्ने जानकारी दिए ।

उक्त कार्यक्रममा श्रेष्ठले नियमनकारी निकायबाट घुम्ती बीमाको लागि मार्गदर्शन प्राप्त भएको साथै यस्तो सेवा प्रदान गर्दा कम्पनीले आफना ग्राहकहरुलाई घरदैलोमानै सर्वसुलभ रुपमा सेवा प्रदान गर्न सक्ने र शाखा रहित भएको हुनाले कम खर्चिलो हुने हुनाले सेवा शुरु गरेको बताए ।

4940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका