जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • नेपाल लाइफको साधारणसभा भोलि बस्दै, २१.०५ प्रतिशत लाभांश पारित गरिने

नेपाल लाइफको साधारणसभा भोलि बस्दै, २१.०५ प्रतिशत लाभांश पारित गरिने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छब्बीसौं वार्षिक साधारणसभा भोलि पुस १९ गते शनिबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि शुरू हुँदैछ।

सभाले गत आर्थिक वर्षको लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (नगद लाभांश तथा बोनस शेयरको कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै सञ्चालक समितिका अध्यक्षले पेश गर्ने गत आर्थिक वर्षको वार्षिक कार्य प्रगति प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।

त्यसैगरी कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनीहरू (समूह क) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरू निर्वाचन गर्नेछ।

त्यस्तै साधारणसभाले बोनस शेयर जारी पछि हुने शेयर संरचना बमोजिम जारी तथा चुक्ता पूँजीलाई तदनुरूप वृद्धि गर्ने, बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

त्यसैगरी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कमपनीको प्रबन्धपत्र तथा नियमावलीमा उद्देश्य लगायत अन्य आवश्यक समयानुकूल संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन/परिमार्जन गर्नु परेमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले गत पुस ६ गते एक दिनका लागि शेयर दाखिल खारेज (बूक क्लोज) गरिसकेको छ। तसर्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पुस ६ गतेसम्म यस कम्पनीको शेयर किनेका शेयरधनीहरू मात्रै साधारणसभामा भाग लिन र सभाले पारित गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका