
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकहरूले गरेका राम्रा काम ओझेलमा परेको र नकारात्मक कुराले बढी प्रश्रय पाएको बताएका छन् । उनले बैंकहरू तल्लो वर्गसम्म पुगेर देशको अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रित रहेको पनि बताए । काठमाडोंमा आयोजित एक कार्यक्रममा उनले बैंकिङ क्षेत्रमाथि आक्रमणका घटना हुने गरेको भन्दै दुख व्यक्त गरे ।
बैंकबाट ऋण लिएर धेरै घरधुरी समृद्ध भएको बताउँदै उनले सफल स्टोरीको चर्चा हुनुको साटो हुलदङ्गा मच्चाउनेहरूको बढी चर्चा हुने गरेको बताए ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार




































































